We Star Nepal
News From Nepal

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक सम्भावित कार्यसूचीबाट हटाइएको भन्दै माओवादीको आपत्ति

0 42

२०८१ माघ २९, मंगलवार १३ः२५
काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई अपहेलना गरिरहेको बताएका छन् । आज (मंगलबा) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको बताएका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीबाट हठाइएको भन्दै उनले आपत्ति जनाए ।
संसद्ले सधैं सरकारले जे–जे भन्ने हो त्यही अनुसार गर्न नहुने उनको माग छ । समितिबाट सर्वसम्म रुपमा पारित भएर आएको विधायनसँग सम्बन्धित विधेयकका बारे सरकारले संसद्को प्रक्रिया र अभ्यासलाई वास्ता नगरेको पनि उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रुपमा पारित भएर आएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक कार्यसूचीबाट हटाएइनुमा आशंका उत्पन्न भएको उनले बताए ।
रिपोर्टर्स नेपाल

Leave A Reply

Your email address will not be published.