We Star Nepal
News From Nepal

अध्यादेश पारित नभए प्रधानमन्त्री ओली नैतिक रुपमा सरकारमा बसिरहन मिल्दैन् ः झलनाथ खनाल

0 73

२०८१ माघ २९, मंगलवार
काठमाडौं, २९ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले ल्याएका अध्यादेश पारित नभए प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा बस्न योग्य नहुने टिप्पणी गरेका छन् । आज (मंगलबार) सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् ।
उनले आफूले अहिले ल्याईएका अध्यादेश राष्ट्रियसभाबाट पारित हुने अवस्थापनि नदेखेको दाबी गरे । उनले भने,‘दुई तिहाई बहुमत भएका बेला पनि यो सरकारले नियमित रुपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशबाट देश चलाउन खोज्नु गलत हो । यो अध्यादेश पारित हुन्छ भन्ने मलाई लाग्दैन् ।’
उनले अध्यादेश पास नभएको अवस्थामा प्रधानमन्त्री ओली सरकारमा बसिरहन नैतिक रुपमा योग्य नहुने दाबी गरे । खनालले भने,‘अध्यादेश फेल भए वर्तमान सरकार र त्यसका नेतृत्वकर्ता कुर्सीमा बसिरहन नैतिक रुपमा योग्य रहँदैनन् ।’ प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पनि अध्यादेश पारित नहुने दाबी गरिरहेका छन् । अध्यादेश राष्ट्रियसभाबाट पारित हुनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले साथ दिनुपर्छ । यादवको दल आजसम्म पनि निर्णयमा पुग्न सकेको छैन् ।

च्भउयचतभचकल्भउब
ि

 

Leave A Reply

Your email address will not be published.