We Star Nepal
News From Nepal

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता नलिए गुठी विधेयकको विरोधमा जस्तै जनता सडकमा उत्रिने सुमनाको चेतावनी

0 55

२०८१ माघ २९, मंगलवार

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई सुझाव दिएकी छन् । सरकारले उक्त विधेयक फिर्ता नलिए गुठी विधेयकको विरोधजस्तै जनता सडकमा उत्रिने उनको चेतावनी छ । सरकारले अहिले जनतालाई थकाउने, जनताको आवाज कमजोर बनाउने र आफूलाई जे मन लाग्छ त्यही गर्ने गरिरहेको उनको दाबी छ ।

‘म किन सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दै छु। हो, सामाजिक संजाल प्ल्याटफर्म नेपालमा दर्ता हुनुपर्छ, गुनासो व्यवस्थापन चाहिन्छ । तर, पहिले मस्यौदा ल्याउनुहोस्। सार्वजनिक बहस चलाउनुहोस्। जनतासँग अख्तियारी लिएर कानून बनाउनु होस्। आज अनलाइनमा युवा उत्रिसकेका छन्। यो डिजिटल हस्ताक्षर गरेर उनीहरुले विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका छन्। कि गुठी विधेयकको विरोध जस्तै जबसम्म जनता सडकमा उत्रिदैनन्, सरकारले नसुन्ने हो ?’ प्रश्न गर्दै उनले भनेकी छन् ।

रिपोर्टर्स नेपाल

 

Leave A Reply

Your email address will not be published.