We Star Nepal
News From Nepal

खावादेखि धुलिखेलसम्मको बाटो लामो समयदेखि नबनेको भन्दै प्रतिनिधि सभा सदस्य बास्कोटा आपत्ति

0 66

२०८१ माघ २९, मंगलवार
काठमाडौं, २९ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो लामो समयदेखि नबनेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यो बीचमा चार वटा प्रधानमन्त्री फेरिएको, मन्त्रीहरु फेरिएको तर चार किलोमिटर बाटो नबनेको उनले बताए । अब पनि त्यो सडक नबने त्यहाँका जनताले नेताहरुलाई ढुङ्गा हान्ने स्थिति बनेको उनले बताए ।
‘चार वटा प्रधानमन्त्री फेरियो । चारैवटा मन्त्री, सचिव कतिवटा हो मलाई थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु । यही कुरा भन्दिनु भनेका छन् त्यहाँका जनताले । नभए ढुङ्गा खानेस्थिति बन्यो अब,’– उनले भने ।
अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । उनी नेकपा (एमाले) का नेता हुन् ।

Leave A Reply

Your email address will not be published.