प्रोफेसर राजाराम कुँवर र डा. धनबहादुर कुँवरले लेखेको ऐतीहाँसीक पुस्तक विर बलभद्र कुँवर मा आधारीत यस चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्ने भएका छन् ।
यस चलचित्रको लागी अडिसन कार्य पनि सुरु भएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्र नालापानीमा अधिकांस नेपाल आर्मीका अवानहरुले अभिनय गर्ने भएका छन् । यसै क्रममा केही दिन अगाडी मात्रै नेपाल आर्मीका जवानहरुको अडिसन पनि भएको छ । तर सेन्टर क्यारेक्टरमा भने अन्य कलाकारहरु रहनेछन् । यस चलचित्र छायांकनकोलागी नेपाल आर्मीले तत्कालीन समयका हात हतीयार,आर्मीको ड्रेस, तोप लगायत सम्पुर्ण भौतीक समाग्रीहरु सहयोग गर्ने भएको छ । करिब ९ करोड लागत अनुमान गरीएको यस चलचित्रका निर्माता मनोज शाक्य हुन् । यस चलचित्रमा अर्जुन जंग शाही,पुजना प्रधान,मनोज शाक्य,ईशान बिजु श्रेष्ठ,गिता अधिकारी लगायत कलाकारले अभिनय गर्ने भएका छन् ।
साभार: नेपालीवूड