एजेन्सी भारतमा
बहु प्रतिक्षीत चलचित्र पद्मावतीको निर्माण समुह यतिखेर ठुलो संकटमा परेको छ । निर्देशक सञ्जय लीला वंशाली र नायिका दिपिका पादुकोणलाई नाक काटिदिने धम्की आएको छ ।
उक्त संगठनले भिडियो रिलिज गर्दै भनेको छ – ‘राजपुतहरुले कहिल्यै महिलामाथी हात उठाउँदैनन् तर यदी परेको खण्डमा लक्ष्मणले सुर्णंखालाई जे गरेका थिए हामी पनी त्यही गर्नेछौं।’ पद्मावती रानीको भुमिकामा दिपिकाले अभिनय गरेकी छिन्।
उनको चरित्रले चलचित्रमा छोटा लुगा लगाएको र नृत्य गरेको कुरामा राजपुतहरुले लामो समयदेखि बिरोध गर्दै आएका छन्। यसो त यस अघि फिल्ममा अण्डरवर्ल्ड डन दाउद ईब्राहिमको लगानी भएक आरोप पनि लगाइएको थियो ।राजपुतहरुको मनोभाव एवं ऐतिहासिक तथ्य तोडमोड गरेको भन्दै निर्देशक वंशालीमाथि पहिले पनि आक्रमण भैसकेको छ।