प्रकाशको निधन अस्पताल लानु भन्दा तीन घण्टा अघि नै : डाक्टर

काठमाडौं, मंसिर ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको अस्पताल ल्याउनु भन्दा झण्डै तीन घण्टाअघि नै निधन भएको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवालले आइतबार प्रकाश दाहालको निधन बारे जानकारी दिन अपस्तालमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

बिहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई अस्पताल लगिएको थियो । प्रकाशको शरीरको जाँचबाट उहाँको निधन अस्पताल ल्याउनु भन्दा झण्डै तीन घण्टाअघि नै भएको देखिएको डा. जयसवालले बताउनुभयो । उहाँको आकश्मिक हृदयघातका कारण निधन भएको उहाँले जानकारी दिनुभएको छ ।

आजै अन्त्यष्टी गरिने

प्रकाश दाहालको अन्तिम संस्कार आइतबार नै गरिने भएको छ । उहाँको दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ ।

त्यसअघि दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ ।

Comments (0)
Add Comment