राज्यमन्त्रीको घरमा बम विस्फोट:सुरक्षित छैनन कोही

सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो ।

विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । राज्यमन्त्री खड्का सोमबारको चुनावी अभियान,सकेर राति मात्रै घर आएकी थिइन् । उनको घरमा नियमित रुपमा प्रहरी सुरक्षाका लागि खटिए पनि कसरी बम विस्फोट भने भन्ने प्रश्न समेत उठेको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

विस्फोटपछि राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाइ बम आतंकले नरोकिने बताइन् । गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभा स्थल नजिकै पनि बम विस्फेट गराइएको थियो भने बडीगाड गाउँपालिका-५ नुवारमामा वडा सदस्यको निवास नजिकै सुतली बम फेला परेको थियो ।बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुईवटा बम विस्फोट भए भने एउटा बम नपड्केको अवस्थामा फेला परेको थियो।

Comments (0)
Add Comment