काठमाडौं: सरकारले एशियाली विकास बैंक(एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एडीबीको उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।एडीबीले सहरी विकास तथा आधुनिकीकरणका लागि नेपाललार्इ सहयोग गर्न लागेको हो।