नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता रहेको बताएका छन्।घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उनले भने, ‘निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ।’

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता सिंहले कांग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गरे।सामाजिक सञ्जालमा जे-जस्तो स्थिति देखाए पनि आम मतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अब देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,” पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले भने।

Comments (0)
Add Comment