सुप्रिम कोर्टमा मुद्धा दायर भयो पद्मावती विरुद्ध !

  1. पछिल्लो समय निकै बिवादमा रहेको चलचित्र पद्मावती विरुद्ध वकील एमएल शर्माले भारतको सुप्रिम कोर्टमा मुद्धा दायर गरेका छन्, दायर गरिएको मुद्धामा उनको माग छ, चलचित्र भित्र रहेका आपत्ती जनक दृश्यहरु हटाई पाउँ । अहिले भारतको राजिस्थान र उत्तर प्रदेशमा यो चलचित्र प्रर्दशनमा रोक लगाउने माग गर्दै बिभिन्न समुदायले आन्दोलन गर्दै आईरहेका छन् । नोभेम्बर १० तारीखमा पनि एक जना वकीलले चलचित्र पद्यमावतीको प्रर्दशनमा रोक लगाई पाउँ भनी मुद्धा दायर गरेका थिए । उक्त मुद्धालाई सुप्रिम कोर्टले खारेज गरेको थियो । तर अहिले दायर गरिएको आपत्तीजनक दृश्य हटाई पाउँ भन्ने मुद्धाको विषयमा भने अदालतले सुनुवाई गर्ने भएको छ । अब अदालतको निर्णय कस्तो आउँछ यो भने सबैको लागी प्रतिक्षाको विषय बनेको छ ।
    संजय लिला भंसालीले निर्माण र निर्देशन गरेको यस चलचित्रमा दिपिका पादुकोणे,शाहीद कपुर र रणविर शिंहले मुख्य भुमीकामा अभिनय गरेका छ.
  2. सभार: नेपालीवूड
Comments (0)
Add Comment