बेनिषा हमालसंग नारायण धितालको जय माया प्रेम !!!

लगभग एक महिना अघि सार्बजनिक भएको गीति संग्रह “जय माया प्रेम” को दोस्रो गीत सार्बजनिक भएको छ !

गायक नारायण धिताललाई नायिका बेनिषा हमालले  मोडललिंगमा साथ दिएकी छिन् !  ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक गीतको भिडियोमा नारायणसँगै बेनिशा हमाल , अर्जुन रत्न भिकारी लगायतको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।

 

गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाँकन , निशान घिमिरेको सम्पादन र युबराज वाइवाको निर्देशन रहेको छ ।

 

साथै अघिल्लो सार्बजनिक गीत दाउरा उपहारको लोकप्रियता पनि बढी रहेको छ !

 

 

besniha hamalchetan sapkotadaura uphaharhit musichot musicjay maya premmodern musicmusic nepalinarayan dhitalnepal musicnepali musicnew nepali musci
Comments (0)
Add Comment