एल्बम “जय माया प्रेम”को तेस्रो गीत ‘चिसो चिसो’ सार्वजनिक। (भिडियो सहित)

` यो मन त मेरो नेपाली हो ´ यस्को उदाहरण हो गायक नारायण धिताल । बिगत लामो समय देखि जन्मभुमि बाहिर परिवार सहित जीवन बिताईरहेका गायक धितालले समय समयमा यी हरफ ` यो मन त मेरो नेपाली हो´ लाई सबैसामु प्रस्तुत गरिरहेका हुन्छन । करीब ८ बर्षको अन्तराल पछि गायक नारायण धितालले आफू नेपाली हुनु अनि नेपालप्रतिको माया र मोह जहिलै हुनुको उदाहरण स्वरुप एल्बम ’जय मायाप्रेम’ लिएर आएका छन ।

गत बर्षको अन्तिम महिना चैत्र १ गते राजधानिमा एक बृहत कार्यक्रमको आयोजना गरि उनले आफ्नो एल्बम सार्वजनिक गरेका थिए । गायकले यस अघि एल्बम `धड्कन र काईट्स´ बजारमा ल्याईसकेका छन  । एल्बम बिमोचन संगै युटुयुबमा  एल्बमको पहिलो गीत स्वरुप ` दाउरा उपहार´ बोलको गीत सार्वजनिक गरिएको थियो भने गीतले बजारमा राम्रो प्रतिक्रिया अनि चर्चा पाएको छ र त्यस्तै पहिको गीत सार्वजनिकको करिब २३ दिन पछिको एल्बममा समाबेश दोस्रो गीत ` तर्की तर्की´ सार्वजनिक भयो र यस गीतले पनि दर्शक श्रोताको मन जित्दै निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

यस्तै गायक नारायण धितालको स्वर अनि गीतकार अर्जुनरत्न भिकारीको एकल शब्द रचनामा नेपाली संगीत क्षेत्रका प्रख्यात एवंम चर्चित संगीतकार चेतन सापकोटाको संगीत रहेको एल्बम “जय माया प्रेम”को तेस्रो गीत ‘चिसो चिसो’ बोलको  म्युजिक भिडियो पनि  सार्वजनिक भए को छ ।

सार्वजनिक यस तेस्रो ` चिसो चिसो´ बोलको गीतको म्युजिक भिडियोमा मोडेल सोनी घर्ति मगर र विल्सन बिक्रम थापाको निकै सुन्दर अभिनय रहेको छ । निकै मोहक अनि आकर्षण लोकेशनहरुमा छायांकन गरिएको यस गीतको भिडियोलाइ चर्चित तथा छायांकन मार्फत अवार्ड समेत पाउन सफल सिनेमाटाग्राफर सुदिप बरालले खिचेका हुन भने तेन्जु योन्जनको निर्देशनमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

arun ratna veekarychetan sapkotadaura upaharjaya maya premjaymaya premmaya premnarayan dhitalnepali musicnepali songsnew nepali musictarki tarkiveekary
Comments (0)
Add Comment