आयो पञ्चेबाजा गीत “हिउ झै गोरी” !!! ( भिडियो सहित )

 

चर्चित संगीतकार चेतन सापकोटाको एकल संगीत तथा गीतकार अर्जुनरत्न भिकारीको एकल शब्द रचनामा मिठास तथा सुमधुर जादुमय स्वरका धनी गायक नारायण धितालको आवाज रहेको सार्वजनिक यस अन्तिम अर्थात एल्बममा समाबेशी चौथो गीत  ` हिउ झै गोरी ´ को म्युजिक भिडियो गीत पनि सार्वजनिक गीत झै उत्कृष्ट भनेको छ । सो गीतमा संगितकार सापकोटा, सुष्मा अधिकारी र गायक धितालले गज्जबको अभिनय गरेका छन् । गीतको नेपाली सांगीतिक क्षेत्रमा चर्चा सुरु भएको छ ।

 

एल्बममा रहेको गीतहरु मध्य करिब चार गीतको म्युजिक भिडियोसहित गत बर्षको अन्तिम महिना चैत्र को १ गते काठमाडौंमा एक  पत्रकार सम्मेलन तथा कार्यक्रमको आयोजना गरि एल्बम बिमोचन गरिएको थियो । साथै उक्त बिमोचन कार्यक्रममा तयार भएको चारै वटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए ।

एल्बममा समाबेश पहिलो ` दाउरा उपहार,दोश्रो ` तर्की तर्की ´ र तेस्रो गीत ‘चिसो चिसो’ बोलको गीतको  म्युजिक भिडियो पनि सार्वजनिक भैसकेको छ भने यी सार्वजनिक तिनै गीतले दर्शक श्रोताको मन जित्दै बजारमा निकै चर्चा समेत बटुलेका थिए । सो गीतले पनि नेपाली संगीत क्षेत्रमा निकै नै चर्चा कमाउन सफल भएको छ।

पन्चे बाजा, दमाहा आदि विभिन्न नेपाली लोक बाजा-गाजाको सुमधुर ताल मिसिएको सो गीत निकै नै रमाइलो र नाच्न मन लाग्ने भनि दर्शकहरु ले प्रतिकिर्या दिएका छन् । भर्खरै WE STAR NEPAL को youtube channel बाट सार्बजनिक गरिएको सो गीतले थोरै समयमा धेरै दर्सक श्रोताहरुक बीच लोकप्रोयेता कमाएको छ । आगामीका दिनहरु र सो “जय मायाप्रेम ” गीति संग्रहलाई र सम्पूर्ण   टिम लाई धेरै धेरै शुभकामना ! जय मायाप्रेम 

 

 

 

 

 

 

arjunratna veekarychetan sapkotadaura upaharjay maya premmaya premnarayan dhital
Comments (0)
Add Comment