नारायण धितालको अंगालोमा भारतीय गायिका संजीवनी ! ( भिडियो सहित )

 

गीति एल्बम ’जय मायाप्रेम’को सफलता पछि  गायक धितालको आवाजले भरिएको यस ` अंगालोमा बाधी´ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ भने उनको यो पहिलो गीत हो जहाँ उनले एक अन्य भाशीत अनि निकै चर्चित गायिका संजिवनीसंग आफ्नो सुमधुर आवाज भरेको हो । सार्वजनिक यस गीतमा निरपेश उप्रेतीको शब्द रचनामा शिखर आर सन्तोषको निकै आकर्षण संगीत सृजना रहेको छ ।

स्कट्ल्यान्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको उत्कृष्ट अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न ।

हेर्नुहोस भिडियो :

jay maya premnarayan dhitalsanjivani
Comments (0)
Add Comment