प्राकृतिक छटाले भरिपूर्ण सुन्दर इच्छाकामना गाउँपालिका अब म्युजिक भिडियोमा हेर्न पाईने भएको छ ।

प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका इच्छाकामना गाउँपालिका अब म्युजिक भिडियोमा हेर्न पाईने भएको छ ।                   

पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त लामो झरना जलविरे, सनराईज हेर्न सकिने अग्लो स्थान सिराईचुली, पर्यटकहरु बास बस्ने हात्तीवाङ होमस्टे चितवनको पुरानो सदरमुकाम तथा ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदि, मुग्लिन बजार¸ लगायतका स्थानहरुलाई क्यामेरामा कैद गरी भिडियो निर्माण गरिएको छ ।

 

साथीभाई फिल्म्स प्रा. लि. बाट निर्माण गरिएको यस गीति भिडियो निर्माण इच्छाकामना गाउँपालिकाले गरेको छ भने भिडियोको निर्देशन¸ गायन¸संगीत  चेतन सापकोटाले गरेका छन् । उक्त भिडियोमा बिभिन्न जातजाती, भाषा , संस्कृति झल्किने भेषभूषामा स्थानिय कलाकारहरुको नृत्य देख्न सकिनेछ ।

पालिका सम्बन्धी गीतको लेखन इच्छाकामना गाउँपालिकाका अध्यक्ष श्री गीता गुरुङ्गले गर्नुभएको छ भने भिडियो निर्माण सल्लाहकार  गाँउपालिकाका उपाध्यक्ष  श्री कृति श्रेष्ठ हुनुहुन्छ । अनिल कटुवाल  र बिनोद श्रेष्ठको छायाङ्कन¸प्रतिक ढुङ्गेलको सम्पादन रहेको छ भने स्टुडियो , पिक डिजीटल मिक्सिंग ,ऐरेन्ज दिनेश राजबाहक  वी स्टार नेपाल नामक युट्यूब च्यानलबाट प्रसारण हुने उक्त भिडियो छिट्टै हेर्नपाईने कुरा इच्छाकामना गाउँपालिका  कार्यालयका प्रवक्ता साबित्री गुरुगंले बताउनु भएकोछ । 

ईच्छाकामना ….ईच्छाकामना
घुम्न आउनुस पुरा हुन्छ मनको चाहना

खोला नदी पहाडले घेरिएको गांउ
स्वर्ग जस्तै सुन्दर छ हेर हाम्रो ठांउ
ईच्छाकामना ….ईच्छाकामना
घुम्न आउनुस पुरा हुन्छ मनको चाहना

राफ़्टिंग बिसाउने हो हो राफ़्टिंग बिसाउने त्रिशुली बगेर नारायणी मिसाउने

दारेचोक ,दहखानी , चण्डीभन्ज्यांग, काउले
घुम्न आउनुस स्वागत गर्छौ हामी सबै गांउले
पाथीभरा, लामो झरना , गुम्बा, केबुलकार
मुग्लिनबजार, केबुलकार मनकामना द्वार
हात्तीवांग होमस्टे बास बस्न जाऔॅला
सिराईचुली सनराईज हेरी सेल्फी लिंदै आऊंला

ईच्छाकामना ….ईच्छाकामना
घुम्न आउनुस पुरा हुन्छ मनको चाहना

कुरिन टारैमा हो हो कुरिन टारैमा
सरररर घुम्नजाउली केबुल कारैमा

सुन्तला र तरकारीले सधै हराभरा
सुखी, खुशी, समृद्ध हाम्रो गांउघर
उपरदांग गढी…फांट हाम्रो गौरव गहना
सबै जाती सबै धर्म एकताको भावना

फिस्लिंग हुदै त्रिशुलीमा र्याफ्टिंग गर्दै जांउला
कौडा नाच्दै आगनीमा बन्धन गीत गाउंला

ईच्छाकामना ….ईच्छाकामना
घुम्न आउनुस पुरा हुन्छ मनको चाहना

प्याराग्लाईडिंगमा हो प्याराग्लाईडिंगमा
डांडी गौडा भीर जांउला प्याराग्लाईडिंगमा
गीत
गीता कुमारी गुरुड्ग

ichhakamana chitwan nepal upardanggadi chitwan gitakumari gurunt kriti shreath chetan sapkota ani katwal pratik dhungel muglinbazar kurintar kubelkara
Comments (0)
Add Comment