सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन्।
द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।
सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।
सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई नि:शुल्क गरिएको जानकारी दिएको छ।
सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ।
तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा कार्यालय रहेका छन्। यी कार्यालयमा सम्पर्क गरेर ग्राहकहरुले इन्टरनेट जोड्नसक्छन्।