कोरोना संक्रमणबाट मुक्त भएर श्रेष्ठ केही दिन अघिमात्रै अस्पतालबाट घर फर्किएका थिए। अक्सिजन लेबल कम भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
कोरोना संक्रमणका कारण आर्थिक अभावबाट गायक र संगीतकारहरु गुज्रिरहेको र संघहरुले कुनै सहयोग नगरेको भन्दै आलोचना भइरहेको बेलामा संगीतकार संघले दुई लाख सहयोग गर्ने निर्णय गरेको हो। श्रेष्ठलाई संगीतकर्मी कल्याणकारी कोषबाट दई लाख प्रदान गरिनेछ।
दीप श्रेष्ठको नाममा काटिएको चेकको फोटो राख्दै संगीकार संघका
अध्यक्ष पारस मुकारुङले सहयोग गरेको फेसबुकमार्फत जानकारी दिएका हुन्।उनले संघ र आफ्नो तर्फबाट श्रेष्ठको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।