काठमाडौं, मंसिर १५
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापामा केही महिनामा आएको परिवर्तन र त्यतिसम्म झरेर हुँदै नभएको कुरा जनताका अगाडि बोलेको देख्दा दया लागेको पनि बताए।
’प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालाई आत्मसमीक्षा गर्न अनुरोध गरेका छन् ।
शनिबार काठमाडौंमा कागेश्वरी मनोहरा–२ आलापोट पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानीका क्रममा कांग्रेस महामन्त्री थापालाई आत्मसमीक्षा गर्न आग्रह गरेका हुन्।
’कति छिटो कति तल झर्न सकेको हो। एउटा राम्रो सम्भावना बोकेको युवा नेता। यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्ने हुनुभएको देख्दा उहाँप्रति साँच्चै नै दया लागेको छ,’ उनले भने।
कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए।