हर्कराज राई प्रतिनिधिसभाकोसचिवमा नियुक्त

हर्कराज राई प्रतिनिधिसभाको सचिवमा नियुक्त
पुष १६, २०८१ मंगलबार १८
काठमाण्डौ – प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राईलाई नियुक्त गर्नुभएको हो ।

सभामुख देवराज घिमिरेको सिफारिशमा झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई राष्ट्रपतिले सचिव पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comments (0)
Add Comment