पछील्लो समयमा नेपाली गीत संगीतमा नाच्ने खालका गीतहरुको बाहुल्यता बड्दो छ । यसै भिडमा गायक सन्जीव सिंह रानाले पनि एउटा धमाकेदार नाच्न मिल्ने गीत लिएर आएका छन । उनको ए मेरो मामा बोलको गीतको भिडियोमा अहिलेको चर्चित डान्स ग्रुप स्ट्रकपपले आफ्नो कला प्रस्तुत गरेका छन भने ग्रुप संगै अहिलेकी निकै चर्चित मोडल अलिशा राइ पनि देखिएकी छन ।