We Star Nepal
News From Nepal

कविता भन्दा-भन्दै कांग्रेस कार्यकर्ताको मृत्‍यु

0 605

दमौली: तनहुँ भानु १२ रतनपुरका एक कांग्रेस कार्यकर्ताको कविता भन्दा भन्दै हृदयाघातका कारण निधन भएको छ। गाउँमा आयोजित चुनावी सभाका क्रममा कविता तथा मन्तव्य दिँदा-दिँदै असजिलो भएर कुर्सीमा बसेका ५९ वर्षिय श्रीभक्त पण्डितको उपचारका लागि ल्याउँदै गर्दा डुम्रेको लक्ष्मी अस्पतालमा बिहिबार साँझ निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

उनी मिर्लुङको कवाचितमा कांग्रेसले आयोजना गरेको चुनावी सभामा कविता भन्दै थिए।सधैं कांग्रेसका कार्यक्रमहरुमा सहभागीता जनाउने सक्रिय कांग्रेस सदस्य पडितले चुनावी कविता सुनाएका थिए।

‘जिउँदो हुँदा मात्र हैन मर्दा पनि कांग्रेस हुन्छु भनेर कविता भने पछि उहाँ बेहोस् हुनुभयो,’ स्थानीय कांग्रेस कार्यकर्ता कृष्णराज हमालले भने। स्थानीय स्वास्थ्य चौकी चन्द्रावतीबाट डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएका पण्डितलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

Leave A Reply

Your email address will not be published.